यूएईमा फेरि पत्रकारिता तालीम हुने
|
नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले आगामी नोभेम्बरमा फेरि आधारभूत पत्रकारिता तालीम आयोजना गर्नेभएकोछ । |
|
नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले आगामी नोभेम्बरमा फेरि आधारभूत पत्रकारिता तालीम आयोजना गर्नेभएकोछ । |
- जाकिर हुसैन - गत आइतबार यूएर्इ र कतारमा रहेका पत्रकारहरूले नेपाल पत्रकार महासंघ केन्द्रीयमा गई अध्यक्ष धर्मेन्द्र झासमक्ष विदेशमा रहेर पत्रकारिता गर्दा भोग्नुपर्ने समस्याहरूबारे अवगत गराउँदै आफ्नो पेसागत हकहितबारे माग राखेकाछन् । यूएर्इ र कतारका पत्रकार प्रतिनिधिहरूले महासंघको केन्द्रीय कार्यालयमा पुगी महासंघका पदाधिकारीहरूसँग भेट गरी आफ्ना मागहरू राखेका हुन् । उक्त समूहमा नेपाल पत्रकार महासंघ यूएर्इ सर्म्पर्क शाखाका महासचिव जेपी सापकोटा, सल्लाहकार दामोदर नेपाल र कतारबाट सञ्चालित नयाँ नेपाल अनलाइनका संवाददाता ऋचाशर्मा तिवारी रहेका थिए । खाडीस्थित यी दुइ देशका पत्रकारहरूले खास गरी कतारका सक्रिय रहेको नेपाली पत्रकारहरूको संस्था नेपाल पत्रकार संघलाई महासंघको सम्बद्धता दिनुपर्ने कुरामा जोडदिएका थिए । त्यस्तै उनीहरूले खाडी क्षेत्रमा पत्रकारहरूले भोगिरहेका समस्याहरूबारे महासंघले चासो लिनुपर्ने र उनीहरूलाई महासंघले प्रेसपास दिनुपर्नेबारे माग राखेका थिए । खाडीका पत्रकार र महासंघका पदाधिकारीहरूबीचको भेटवार्तामा महासंघका अध्यक्ष धर्मेन्द्र झा, उपाध्यक्ष गोबिन्द आचार्य, महासचिव पोषण केसीको उपिस्थिति रहेकोथियो ।भेटवार्तामा महासंघका अध्यक्ष धर्मेन्द्र झाले दर्ुइ देशबीचको सम्बन्ध र सम्बन्धित देशको कानूनी प्रक्रियाभित्र रहेर गर्न सकिने सवै खाले सहयोग गर्ने बताउनुभयो । उहाँले पत्रकार कल्याण कोषमा सम्भव भए देशबाहिर रहने पत्रकारहरूले पनि सहयोग गरे राम्रो हुने बताउनुभयो । कतारस्थित पत्रकार संघले आवश्यक प्रक्रिया पूरा गरी पूण्ा कागजातसाथ निवेदन गरेमा सम्बन्धनको सम्बन्धमा सुनुवाइ हुने बताउनुभयो ।
- जाकिर हुसैन - नेपाल पत्रकार महासंघ यूएर्इ सर्म्पर्क शाखाले नेपालमा यूएर्इको पत्रकारिताको बारेमा नेपालका पत्रकारहरूसँग विविध विषयमा छलफल गरेकोछ । गत साता काठमाडौं प्रेस क्लबमा नेपालका पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा महासंघ यूएर्इ सर्म्पर्क शाखाका प्रतिनिधिहरूले यूएर्इमा रहेका आम नेपालीहरूको अवस्था, यहाँ रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेका पत्रकारहरूको अवस्था, त्यसको आधार र नेपाल सरकारले चाल्नुपर्ने कदमका विषयमा कुरा राख्नुभयो । नेपाल पत्रकार महासंघ यूएर्इ सर्म्पर्क शाखाका कोषाध्यक्ष अर्जुन दाहालले दिनुभएको जानकारी अनुसार कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले यूएर्इ देशबीच आँच नआउनेसम्मनका कार्यहरू गर्दा सर्म्पर्क शाखालाई महासंघले जस्तोसुकै सहयोग गर्न पछि नहट्ने बताउनुभयो । उहाँले गैह्र कानूनी ढंगले कुनै पनि व्यक्ति महासंघ सर्म्पर्क शाखाको सदस्यमा रहन नहुने कुरामा जोड दिनुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा महासंघ यूएर्इ सर्म्पर्क शाखाका महासचिव जेपी सापकोटा, कोषाध्यक्ष अर्जुन दाहाल तथा सल्लाहकार दामोदर नेपालको सहभागिता रहेको थियो । उहाँहरूले पत्रकारहरूद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका सल्लाहकार शिव गाउँलेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो ।
शंकर ज्ञवाली - २१ अक्टोबर, दुबई ।
नेपाल पत्रकार महासंघ यूएर्इ सर्म्पर्क शाखाले यूएर्इमा रही पत्रकारिता गर्ने नेपालीहरूलाई संघको सदस्यता लिन आहृवान गरेकोछ ।यूएर्इ सर्म्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा यूएर्इका छापा तथा अनलाईन मिडिया तथा विश्वका कुनै पनि देशबाट प्रकाशित वा प्रसारित पत्रपत्रिका, अनलाइन मिडिया, समाचार एजेन्सी वा रेडियो, टेलिभिजनसँग सम्बद्ध नेपाली नागरिकले महासंघको सदस्यता लिन सक्ने जनाइएकोछ । विज्ञप्तिमा सदस्यताको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम म्याटि्रक वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने, सम्बन्धित मिडिया हाउसले पत्रकारको रूपमा काम गरेको प्रमाणपत्र दिएको हुनुपर्ने वा स्वतन्त्र पत्रकारको हकमा प्रेस काउन्सिलले जारी गरेको स्वतन्त्र पत्रकिारताको प्रमाणपत्र भएको र यूएर्इमा आवासीय भिसा लिएको हुनुपर्ने भनिएकोछ । सदस्यता आवेदनको लागि अबुधाबीमा खेमनाथ पौडेल -सर्म्पर्क नं. 0502803795), जेपी सापकोटा -सर्म्पर्क नं. ………….), दुबईमा अर्जुन दाहाल -सर्म्पर्क नं. ………………..), अलकुजमा धर्मेन्द्र यादव -सर्म्पर्क नं. …………..) र शारजाहमा शंकर ज्ञवाली -सर्म्पर्क नं. ०५०२०१३०३५) मा सर्म्पर्क गर्न सकिने जनाइएको छ । नेपाल पत्रकार महासंघ यूएर्इ सर्म्पर्क शाखा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंबाट मान्यता प्राप्त संसारकै चार विदेश सर्म्पर्क शाखामध्ये एक हो भने खाडी राष्ट्रमा हालसम्म यस शाखाले मात्र मान्यता प्राप्त गरेकोछ । यस शाखाले गत डिसेम्बरमा मान्यता प्राप्त गरेको हो ।

खाडी राष्ट्र अन्तर्गत यूएई र कतारमा सक्रिय रुपमा लागेका नेपाली पत्रकारहरुको एक प्रतिनिधि मण्डलले आइतबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसंग महासंघको कार्यालय सञ्चारग्राममा भेट गरी खाडी क्षेत्रमा रहेर नेपाली पत्रकारिता गरिरहेका पत्रकारहरुको अवस्था, समस्या तथा त्यसका समाधानका उपायहरुका बारेमा छलफल गरेको छ । विदेशी भूमिमा रहेर पनि आफ्नो काम गरेर बचेको समयलाई सदुपयोग गर्दै पत्रकारिताको क्षेत्रमा आफूलाई समर्पित गर्ने पत्रकारहरुको हक हितको लागि नेपाल पत्रकार महासंघले पनि भूमिका खेल्नु पर्दछ भन्ने मागका सथा आफ्ना अन्य विभिन्न मागहरु लिएर सो प्रतिनिधि मण्डलले नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसंग छलफल गरेको थियो । सो छलफलमा नेपाल पत्रकार महासंघका वर्तमान अध्यक्ष धर्मेन्द्र झा, उपाध्यक्ष गोविन्द आचार्य, महासचिव पोषण केसी, कोषाध्यक्ष लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने यूएईका पत्रकारहरुका तर्फबाट नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाका सल्लाहकार दामोदर नेपाल, महासचिव जेपी सापकोटा तथा कतारबाट सञ्चालित नेपाल अनलाईन डटकमका नेपाल संवाददाता ऋचा शर्मा तिवारी उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा खाडी क्षेत्रमा रहेका पत्रकारहरुले झेल्नु पर्ने समस्या, पत्रकार पास लगायतका विषयमा प्रतिनिधिहरुले आफ्ना माग राख्नु भएको थियो भने महासंघका तर्फबाट अध्यक्ष धर्मेन्द्र झाले महासंघले दुई देशबीचको सम्बन्ध र सम्बन्धित देशको कानुनी प्रक्रियाभित्र रहेर गर्न सकिने सबै खाले सहयोग गर्ने कुरा बताउनु भएको थियो । सोही अवसरमा उहांले पत्रकार कल्याण कोषमा सम्भव भएसम्म देश बाहिर रहने पत्रकारहरुले पनि सहयोग गरेमा राम्रो हुने कुरा बताउनु भएको थियो । सोही भेटघाट कार्यक्रममा पत्रकार ऋचा शर्मा तिवारीले कतारमा रहेको पत्रकार संघलाई नेपाल पत्रकार महासंघको सम्बन्धनको लागि आग्रह गर्नु भएको थियो । त्यस सम्बन्धमा अध्यक्ष झाले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण कागजातका साथ निवेदन गरिएमा महासंघले त्यस सम्बन्धमा सुनुवाई गर्ने कुरा बताउनु भएको थियो । स्मराण रहोस, नेपाल पत्रकार महासंघको सम्बन्धन पाउने विदेशमा रहेका नेपाली पत्रकारहरुको संगठनमा यूएई चौथो सम्पर्क शाखा हो । यस बाहेक देश बाहिरका जापान, दक्षिण कोरिया र हड.कड.मा रहेको पत्रकार संघले मात्र नेपाल पत्रकार महासंघको सम्बन्धन प्राप्त गरेको छ ।
२५ जुलाई २००८
दुबई
नेपाल पत्रकार महासंघ संपर्क शाखा युएइले उपसभापति निर्वचन राईलाई दुबइस्थित नेपाली रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी विदाई गर्यो । कार्यक्रमका सभापति खेम पौडेलले खादा ओडाएर तथा सहकर्मीहरुले पुष्प गुच्छाले सम्मान विदाई गरेका थिए ।
झण्डै एक दशकदेखि युएइमा बसोवास गर्दै आएका श्री राईको युएइबाट प्रकाशित हुने साहित्यिक पत्रिका परदेशको संपादन तथा आकृति पत्रिकासँग संबन्धित छन् । उनले पाँच बर्षअघि आफ्नै अध्यक्षतामा खोटाङ्ग समाज नामको संगठन खोलेर युएइमा क्षेत्रिय संगठनको शुरुवात् गरेका थिए ।
कार्यक्रममा सहकर्मीहरुले उनको योगदानको चर्चा गरेका थिए । प्रत्यत्तरमा उनले युएइमा आफ्नों लामों बसाइमा यहाँका साथीहरुसँगै बसेर काम गर्दाको अनुभव सुनाउँदै पत्रकारको रुपमा विगत डेढ बर्षको सहयात्रामा साथ दिनुहुने सबैमा धन्यवाद दिदै यो बिदाई सम्मानकोलागि महासंघलाई धन्यवाद दिएका थिए ।
उनी आफ्नो कंपनीकै कामको शिलशिलामा कतार सरुवा भएर गएका हुन् ।
<strong><a href="http://fnjuae.blogsome.com/bidai/">फोटोको लागि यहाँ क्लिक गर्नुहोस् </a></strong>
नेपाल पत्रकार महासंघ, यूएइ सम्पर्क शाखाको एक प्रतिनिधि मण्डलले महामहिम राजदूत अर्जुनबहादुर थापासंग निजकै निवासमा भेटघाट गर्यो । नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालयबाट आफ्नों शाखाको रुपमा मान्यता पाएको कुराको दूतावासलाई औपचारिक रुपमा जानकारी दिन सो प्रतिनिधिमण्डल त्यहां पुगेको हो ।
सोही अवसरमा गत फेबु्रअरीमा भएको नेपालको पर्यटन प्रवर्धन र गैह्र आवासीय नेपालीको भूमिका बिषयक अन्तरक्रियामा पेश भएका बिषयबस्तु र त्यसमा संकलन गरिएका सुझाव सहित समेटिएको कार्यपत्रको प्रति पनि पेश गरिएको थियो । साथै सोको एक एक प्रति पर्यटन मन्त्रालय र नेपाल पर्यटन प्रवर्धन बोर्डमा दूतावास मार्फत् पठाइदिन अनुरोध गर्दै हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष जाकीर हुसैनको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलका सदस्यहरुले दूतावासका गतिविधिहरु बारे जिज्ञासा राख्दै कुनै पनि देशको राजदूत त्यो देशको लागि बिजनेस एम्बेसडर पनि हुने आधुनिक मान्यता अनुसार नेपाल र नेपालीका हितमा दूतावासबाट अझ बढी श्रृजनात्मक कार्यहरु हुनेमा आशावादी रहेको बताए ।
सूचना र जानकारी प्रवाह गर्नमा पत्रकारहरुको अहं भूमिका हुने तथा महासंघ मार्फत् सही र सत्य प्रवाह गर्ने काममा अझ सहयोग हुने कुरा विश्वास लिदै आफ्नों दूतावासका काम कार्यवाही सधैं पारदर्शी रहने तथा यस सम्बन्धी सहज जानकारी लिन र दिन सकिने कुरा राजदूत थापाले बताउनुभयो । पेश भएका कार्यपत्रको आफूले अध्ययनपछि दूतावासको तर्फबाट गर्न सक्ने सहयोगको बारेमा आफू सधै सकारात्मक रहने वहांको भनाई थियो ।
स्मरण रहोस, गत २००७ को मार्च ९ मा स्थापित महासंघलाई ७ दिसेम्बर, २००७ मा केन्दि्रय महासंघ, काठमाडैंाबाट औपचारिक मान्यता प्रदान गरिएको थियो । यसले यूएइमा पत्रकारिता तालिम, पर्यटन प्रवर्धनबारे चासो जगाउने कार्य तथा अन्य विभिन्न किसिमका भेटघाट र कार्यक्रमहरुमा सक्रियता जनाउंदै आएको छ ।
सो प्रनिनिधि मण्डलका अन्य सहभागीहरुमा खेमनाथ पौडेल, जेपी सापकोटा, शंकर ज्ञवाली, मानबहादुर थापा तथा शेषनारायण झा रहेका थिए ।
केही दिनअघि मात्र संविधान सभाको प्रथम बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्रको रुपमा घोषणा गरेको छ । यस घोषणालाई नेपालको इतिहासमा अति महत्वपूर्ण क्रान्तिको रुपमा लिइने कुरा निर्विवादित छ । नयाँ नेपालको कल्पना गरेका सयौं वीर शहीदहरुको रगत र लाखौं नेपालीको स्वर्णिम सपना बनेको नयाँ नेपालको परिकल्पना र संघर्षले मुलुकलाई लोकतन्त्र प्राप्त भएको हो ।
नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले नेपालमा स्थापित लोकतन्त्रलाई हार्दिक स्वागत गर्दछ । लोकतन्त्रले नयाँ नेपालको नक्सा कोर्ने कुरामा महासंघ आशावादी छ ।
अब आउने दिनमा नेपाललगायत विश्वभरि फैलिएर रहेका सम्पूर्ण नेपालीले लोकतन्त्रको सही सदुपयोग गर्न पाऊन् र नयाँ नेपालको सपना पूरा गर्न सकून् भन्ने कामना गर्दैछौं ।
जेपी सापकोटा जाकिर हुसैन
महासचिव अध्यक्ष
प्रेस विज्ञप्ती
केही दिनअघि मात्र संविधान सभाको प्रथम बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्रको रुपमा घोषणा गरेको छ । यस घोषणालाई नेपालको इतिहासमा अति महत्वपूर्ण क्रान्तिको रुपमा लिइने कुरा निर्विवादित छ । नयाँ नेपालको कल्पना गरेका सयौं वीर शहीदहरुको रगत र लाखौं नेपालीको स्वर्णिम सपना बनेको नयाँ नेपालको परिकल्पना र संघर्षले मुलुकलाई लोकतन्त्र प्राप्त भएको हो ।
नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले नेपालमा स्थापित लोकतन्त्रलाई हार्दिक स्वागत गर्दछ । लोकतन्त्रले नयाँ नेपालको नक्सा कोर्ने कुरामा महासंघ आशावादी छ ।
अब आउने दिनमा नेपाललगायत विश्वभरि फैलिएर रहेका सम्पूर्ण नेपालीले लोकतन्त्रको सही सदुपयोग गर्न पाऊन् र नयाँ नेपालको सपना पूरा गर्न सकून् भन्ने कामना गर्दैछौं ।
जेपी सापकोटा जाकिर हुसैन
महासचिव अध्यक्ष

नेपालको पर्यटन प्रवद्र्ध्रन र गैह्र आवासीय नेपालीको भूमिका
Tourism Promotion in Nepal & Role of Non Residence Nepali
कार्यपत्र<br>
अन्तरकि्रया कार्यक्रम ः १५ फेब्रुअरी २००८
सागर रेष्टुरेण्ट बर दुबई
प्रस्तावना
प्राकृतिक सौन्दर्य्र सांस्कृतिक विविधता र कलाकृतिले भरिपूर्ण नेपालको अनुपमतालाई विश्वका कुनै पनि मुलुकसँग दाँज्न मिल्दैन । नेपालसँग जे छ तीे सबै कुराको पूर्णता विश्वका कुनै पनि मुलुकसँग छैन । नेपाली आतिथ्यता स्वावलम्बन जाँगर साहस र मातृभूमिप्रतिको मोह अतुलनीय छ अवर्णनीय छ र अकाट्य छ ।
संबन्धित क्षेत्रमा बसेका प्रवासी नेपालीहरुमा त्यस स्थानका वस्तुस्थिति र संभाव्यताहरुका विषयमा विशेष दखल हुन्छ । त्यहाँका मानिसहरुको रहन सहन रुचि तथा खर्च गर्ने बानीका क्षेत्रहरुबारे जानकारी हुँदा उक्त ठाँउबाट गरिने पर्यटन गतिविधिहरु अति प्रभावकारी हुन्छ । साथै प्रवासीहरुमा मातृभूमिको मोह र सद्भाव पनि बढी हुन्छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंबाट सम्पर्क शाखाको रुपमा संबद्धता पाएपछि यी कार्यहरुमा चेतना बढाउनु पर्नेमा हामीले जिम्मेवारी महसुस गरेका छौं । यस संगठनको विषय यो नहुन सक्छ तर जनचेतना जगाउनु हाम्रो कर्तव्य अवस्य हो । यससंबन्धि वैचारिक प्रारुप तयार गरी सम्बन्धित निकायलाई घच्घच्याउनु यस अन्तरकि्रया कार्यक्रमको ध्येय हो । १ नेपालमा पर्यटन प्रवद्र्धनकोलागि यूएईमा अहिलेसम्म के भएको छ&
अ दूतावास स्थापनापूर्व ः
२२ जनवरी १९७७ मा नेपाल-यूएईबीच दौत्यसम्बन्ध कायम हुनुभन्दा अगाडिदेखि नै यहाँ नेपालीहरुको उपस्थिति रहेको भए पनि त्यसपछिका एक दशकसम्म सरकारी गतिविधिहरु खासै देखिएनन् । सन् १९९० मा नेपाली समाजको स्थापना भएपछि सांस्कृतिक कार्यक्रम आदिको प्रभावले नेपाल र नेपालीहरुबारे केही चर्चा चल्न शुरु भएको थियो । यूएईमा लामो समयसम्म बसेर यहीँ आफ्नो व्यावसायसमेत संचालन गरी बसेका चन्द्रप्रसाद सापकोटालाई नेपाल पर्यटन विकास बोर्डले आफ्नो अवैतनिक प्रतिनिधि एच् को रुपमा सन् २००२-२००४ को अवधिकोलागि नियुक्त गरेको थियो । उक्त अवधिमा पर्यटन बोर्डबाट प्राप्त नेपालसम्बन्धि सामग्रीहरु वितरण गरी नेपालको पर्यटन प्रवद्र्धनकोलागि केही प्रयासहरु भए । सोही क्रममा सन्् २००४ मा नेपालका तात्कालीन श्रम मन्त्री उर्वादत्त पन्त परराष्ट्र मन्त्री प्रकाशशरण महत समेतको उपस्थितिमा दुबईको एक होटलमा यहाँका रोजगारदाता कम्पनीहरुसँग अन्तरकि्रया गराउँदा नेपालको पर्यटन विकासबारे पनि चर्चा गरिएको थियो
आ नेपाली राजदूतावासको प्रयासः सन् २००४ को अपि्रल ११ मा नेपाली दूतावासको स्थापनापश्चात् नेपालबारे यहाँका मानिसहरुमा केही चासो बढ्नु स्वभाविकै थियो । तत्कालीन राजदूत मधुवनप्रसाद पौेडेलले सन् २००४ को जुलाइ ७ मा राजाको जन्मोत्सवको अवसर पारेर अबुधावीको एक होटलमा यहाँस्थित बिभिन्न देशका दूतावास तथा यूएईका केही सरकारी निकायका पदाधिकारीहरुलाई उपस्थित गराएका थिए । गोकर्णको गल्फ होटलका संचालक सुमन सचदेवले नेपालको संस्कृति र पर्यटनसम्बन्धि गतिविधि झल्काउने सामग्रीहरु अति आकर्षक तरिकाले सजाउन मद्दत गरेका थिए । सो हलमा भेला भएका आगन्तुकहरुले नेपालबारे प्रशस्त चासो राखेका थिए ।
नेपाली दूतावासकै पहलमा सन् २००७ को मार्चमा अबुधावीमा नेपाली फुड फेस्टिवल ६ जुन २००७ मा नेपाल रोजगार व्यावसायीको लगानीमा यूएईमा पहिलो श्रम तथा रोजगार मेला गराउँदै नेपालबारे प्रचार गरिएको थियो । गत ३ जुलाई २००७ मा नेपाल र यूएईबीच श्रम समझदारी-पत्रमा हस्ताक्षर भयो । यस अवसरमा यूएईको प्रतिनिधि मण्डलले काठमाडौंमा रहँदा नेपालको श्रम बजारको अतिरिक्त नेपालको भौतिक तथा पर्यटनबारे गहिरो चासो राखेको पाइयो । नेपालको पर्यटन विकासको लागि गरिएको संस्थागत थालनी भने डिसेम्बर ७-८ २००७ मा दुबईको एक होटलमा आयोजना गरिएको पहिलो नेपाल पर्यटन तथा व्यापार प्रवद्र्धन मेला नै थियो । स्थानीय तथा नेपालका समेत ३० वटा स्टल राखिएको यो प्रदर्शनीले नेपालबारे उत्सुकता जगाउन सहयोग गर्यो । यो मेलाको सवल पक्ष यहाँस्थित नेपालीहरुमा आफ्नो देशको पर्यटन प्रवद्र्धनमा उत्साह चासो र चर्चाको शुत्रपात गराउनु रह्यो । यी पछिल्ला महत्वपूर्ण शुरुवातहरुमा यूएईको दोश्रो कार्यकालका कार्यवाहक राजदूत मोहनकृष्ण श्रेष्ठको सह्रानीय भूमिका रह्यॊ ।
२ हवाई उडानको प्रभाव ः नेपालको ध्वजावाहक एयरलाइन्सको अनियमिताको फाइदा उठाउँदै अब यहाँका एयरलाइन्सहरुमा नेपालको उडान भर्ने नजािनंदो प्रतिस्पर्धा नै चलेको छ । सन् २००६ को नोभेम्बर ६ देखि एयर अरेबियाले शारजाह-काठमाडौं उडान शुरु गरेपछि झण्डै एक वर्षपछि मात्र यहाँको सरकारी एयरलाइन्स इत्तेहादले पहिलो उडान गत २००७ को अक्टोबर २८ मा भरेको थियो । त्यसपछि भने शारजाहबाटै पुनः नेपालको यती एयरलायन्सको समेत संलग्नताको फ्लाइ यतीले २००८ को पहिलो महिनामा अर्को उडान शुरु गर् यो भने फेब्रुअरी ६ देखि पुनः अबुधाबी-काठमाडौंको अर्को सीधा हवाई उडानमा यही अनुबन्धनको संलग्नता रह्यो । यसै वर्षदेखि यूएईको रासल-खेमाबाट राक एयरलाइन्सको पनि शुरुवात हुने कुरा प्रकाशमा आएको छ ।
हवाई उडानको पर्याप्तताले भ्रमणमा जानेहरुलाई आकर्षित गर्ने मात्र होइन भाडा दरमा पनि सरलता आउँछ । यसको अतिरिक्त यस्ता कम्पनीहरुले पनि आफ्नो व्यावसाय बढाउन नेपालको प्रचार प्रसार पनि गर्छन् । जस्तॊ इत्तेहाद एयरलाइन्सले आफ्नो विज्ञापनमा सगरमाथा र नेपालबारे अति आकर्षक विज्ञापनमार्फत् नेपाल भ्रमणमा जान यहाँका मानिसहरुलाई उक्साउने काम गरिरहेको छ
३ कति जान्छन् अहिले नेपाल आम्दानीको हिसाबले विकसित मुलकको हाराहारीमा रहेको यूएईबाट नेपाल भित्रिनेहरुको संख्या प्राय नगण्य छ । पर्यटन विकासकोलागि यहाँ खासै प्रयास भएको छैन । ओमार ट्राभल्समार्फत् केही पर्यटक नेपाल भित्रिएको तथा नेपालको फिस्टेल टुर एण्ड ट्राभल्सका सामान्य गतिविधिबाहेक नेपालमा पर्यटक आकर्षण गर्ने खाले नेपालको सरकारी वा निजी कुनै पनि निकाय यहाँ सकि्रय छैन । तैपनि सन् २००७ को अक्टोवर ११ देखि २५ सम्म यहाँको एक च्यारिटी संस्थाको आयोजनामा खाडीलगायत पाश्चात्य मुलुकका ५२ जना पर्यटक १२ दिन सम्मको पैदल यात्रासहित सगरमाथाको बेस क्याम्पसम्म पुगेका थिए भने नेपालस्थित दुई वटा संस्थालाई आर्थिक सहयोग पनि गरेका थिए । व्यापारिक उद्देश्यले सीमित यूएईबासीहरु काठमाडौं पुग्ने क्रम भने केही अगाडिदेखिनै छ । त्यहाँबाट सीमित मात्रामा क्युरियो पस्मिना तथा घरेलु उद्योगका सामानहरु लिन शारजाह र दुबईका केही व्यापारीहरु काठमाडौं धाउने गर्छन् । भारतीय धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकका अतिरिक्त यहाँ रहेका केही पश्चिमाहरु पनि नेपालको भ्रमणमा जाने गरेको पाइन्छ ।
४ केही पर्यटकीय तथ्यहरु ः नेपालबारे केही तथ्य हेरौ
- नेपाल ः
भारत र चीनको बीचमा रहेको भूपरिवेष्ठित राष्ट्र हो ।
क्षेत्रफल ः १४७१८१ वर्ग कि।मी।
५९ वटा जनजाति र ७० भन्दा बढी भाषा बोलिन्छन् ।
नेपालको समय गि्रनवीच समयभन्दा ५ घण्टा ४५ मिनेटले अगाडि छ । यो समयलाई गौरीशंकर हिमाललाई आधार बनाएर निर्धारण गरिएको हो ।
संसारको सवभन्दा अग्लो शिखर सगरमाथा ८८४८ मीटर उचाईमा रहेकोछ भने होचो भागमा झापाको केचना कलन ७० मी। छ ।
१५ प्रतिशत हिमाली क्षेत्र ६८ प्रतिशत पहाडी क्षेत्र तथा १७ प्रतिशत तराई रहेका छन् ।
८४० प्रजातिका चराचुरुंगी एकिसंगे गैडा विश्वमा नपाइने काँडे भ्याकुर संसारको सबभन्दा अग्लो स्थानमा रहेको हुम्लाको शेर्पा बस्ती ।
हिमाली क्षेत्रमा पाइने यासा्र गुम्बा विश्वमा कतै पनि नपाइने काँडे भ्याकुर ललितपुर
प्रकृतिको मनोरम र अनुपम उपहार छहरा हिमशिखर सुर्योदयका दृश्य बाघ भालु चित्तल आदिले भरिभराऊ तथा अद्वितीय कला र संस्कृति ।
विश्व सम्पदा सूचिमा - लुम्बिनी चितवन नेशनल पार्क काठमाडौं पाटन र भक्तपुर दरवार स्क्वायर स्वयंभू बौद्धनाथ पशुपतिनाथ चाँगुनारायण ।
आ नेपाल भ्रमणका उद्देश्यहरु ः
पैदल यात्रा
पर्वतारोहण
प्राकृतिक र सांस्कृतिक अवलोकन
अन्वेषण
धार्मिक
भ्रमणयोग्य स्थलहरु ः
काठमाडौं उपत्यकाभित्र ः
क पशुपति क्षेत्र
ख स्वयंभू
ग काठमाडौं भक्तपुर र पाटन दरवार स्क्वायर
घ चाँगुनारायण
ड। बुढानिलकण्ठ
बौद्धनाथ बालाजु
काठमाडौं वरिपरिका ठाँउहरु ः
नगरकोट ३० कि।मी पूर्व सूर्योदयको दृश्य
धुलिखेल ६० कि।मी। प्ाूर्व तिब्बत जाने बाटो
मनकामना - गोरखा दरवार
दामन
काठमाडौं बाहिरका क्षेत्रहरु ः
पोखरा- काठमाडौंबाट २०० किमी पश्चिम माछापुछ्रे डेभिड फल्स फेवा ताल सारंगकोट वेगनास ताल महेन्द्र गुफा आदि ।
जनकपुर ः जानकी मन्दिर बिहार कुण्ड रत्नसागर कुण्ड आदि ।
जोमसोम र मुक्तिनाथ क्षेत्र बिचका लोमान्थाड झारकोट कागवेनी मार्फा आदि ।
पाल्पाको रानी महल जसलाई ताजमहलसँग दाँजेर हेरिन्छ
कोशी टप्पु वन्यजन्तु आरक्षण
इलाम
काचनजंघा
लाम्टाङ। हेलम्बु क्षेत्र सगरमाथा क्षेत्र अन्नपूर्ण मुस्ताङ क्षेत्र ।
राफ्टिङ्ग माउन्टन फ्लाइट बाजी जम्प भोटेकोशी माउन्टेन बाइकिङ्ग बोटिड पाराग्लाडिङ्ग हन्टिङ्ग फिसिङ्ग आदि ।
५ नेपाल प्रवेश पाउन के कस्ता प्रवाधान पूरा गर्नु पर्छ
भिसा वर्ष ः जनवरीदेखि डिसेम्बर
भिसा नचाहिने - भारतीय पर्यटक तथा १० वर्षभन्दा कम उमेरकाहरुलाई
निःशुल्क भिसा - चीन र सार्क राष्ट्रका पर्यकहरुलाई
सिङ्गल भिसा ः
३० अमेरिकी डलर ६० दिन सम्मकोलागि
मल्टीपल भिसा ः
८० अमेरिकी डलर ६० देखि १५० दिन ।
सोभन्दा बढी बस्न चाहनेलाई ५० डलर ३० दिन सम्मकोलािग
व्यापारिक भिषा ः
सम्बन्धित निकायबाट स्वीकृति लिएपछि १०० डलर एक वर्षको लागि र २५० डलर पाँच वर्षको लागि
६ पर्यटन प्रवद्र्धनमा एन।आर।एन। को के भूमिका हुन सक्छ
सबैभन्दा पहिलो कुरा त हामी आफैं नेपालबारे पूर्ण परिचित हुनु आवश्यक छ ।
आन्तरिक पर्यटनलाई बढावा दिन बिदा मनाउन नेपाल नै जाने
भ्रमणको प्रकार सामुहिक पारिवारिक र एकल ।
नेपालबारे सामग्रीहरु संकलन र अध्ययन गर्ने
नेपालकॊ ऐतिहासिक प्राग ऐतिहासिक तथा आवधिक जानकारी राख्ने ।
आफ्नो कार्यक्षेत्रमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने खाले केही तस्विरहरु राख्ने ।
नेपाली इमानदार छन् भन्ने प्रमाणित गर्न आफैंले इमानदारिता प्रदर्शन गर्ने ।
नेपालको बारेमा नराम्रो कुरा कहिल्यै नउठाउने ।
नेपालको पर्यटन प्रवद्र्धन हुने खाले लेख रचनाहरु यहाँका स्थानीय पत्रपत्रिकाहरुमा छपाउन जोड दिने तथा यहाँस्थित नेपाली पत्र-पत्रिकामार्फत् पनि प्रसारित गर्दै थप जानकारी राख्ने ।
अरबी भाषामा पर्यटनबारे सामग्री छपाई वितरण गर्ने ।
७ नेपाली दूतावास यूएईले पुर्याउन सक्ने योगदान ः
क नेपालको पर्यटन विकासकोलागि दूतावासमा छुट्टै सेलको गठन गर्ने वा कुनै पदाधिकारी विशेषलाई सो कार्यको जिम्मा दिने ।
ख अरबी र अंग्रेजी भाषामा पुस्तिका प्रकाशन गरी वितरण गर्ने ।
ग एयरलाइन्सहरुमा पत्रिका वा पुस्तिका राखिदिन अनुरोध गर्ने ।
विशेष गरेर अरबीहरुबीच लोकपि्रय इत्तेहाद वा इमिरेट्स् एयरलाइन्सलाई प्रयोग गर्न सकिन्छ ।
घ बेला बेलामा पर्यटन प्रवद्र्धनका लागि विभिन्न फेस्टिभलको आयोजना ।
ङ विभिन्न किसिमका कल्चरल प्रोग्रामहरुको आयोजना ।
च प्रत्येक वर्ष ग्लोबल भिलेजमा हुने दुबई शिपंग फेस्टिभलमा नेपाली सहभागिता बढाउन सरकारी स्तरमा पहल । र त्यहाँ छुट्टै ुनेपाल इन्फर्मेशन डेस्कु को व्यवस्था ।
८ नेपाल पर्यटन विकास बोर्डले पुर्याउन सक्ने योगदान ः
क पर्यटन डेस्कको स्थापना गर्ने । शुरुमा सो सम्भव नभए नेपाली राजदूतावासमा यस्तो कार्य गर्ने गरी व्यवस्था मिलाउन सकिन्छ ।
ख यूएई जस्तो १०३ भन्दा बढी राष्ट्रका नागरिक बसोबास भएको मुलुकमा आफ्नो गतिविधि बढाउने ।
ग नाटा वा इसिमोड जस्ता पर्यटनसम्बन्धि निकायहरुसँग सम्ान्वय गरी यूएईमा पर्यटन गतिविधि बढाउने ।
घ यूएईमा पठाइने पर्चा तथा अन्य पर्यटन सामग्रीहरु अरबी र अंग्रेजीमा हुनु पर्ने ।
ङ यूएईका लागि टुरिज्ाम प्रतिनिधि नियुक्त गर्ने ।
च विभिन्न टूर प्याकेजहरुको व्यवस्था गरी यहाँस्थित एयरलाइन्स वा ठूला ट्राभल एजेन्सीहरुसित समन्वय गर्ने ।
९ नेपाल सरकारको भूमिका ः
क बेला बेलामा सरकारी खर्चमा टूर प्याकेज शुरु गरी यहाँका केही पत्रकार व्यावसायी तथा सरकारी प्रतिनिधिहरुलाई नेपाल भ्रमण गराउने ।
ख नेपालको पर्यटनबारे प्रचारप्रसार गर्ने ।
ग स-साना ब्रोसरहरु बनाई होटलहरुमा वितरण गर्ने । वितरणका लागि यहाँको स्थानीय एजेन्सीलाई प्रयोग गर्न सकिन्छ ।
१० नेपालको वर्तमान राजनैतिक संकटलाई आधार बनाउँदै विभिन्न मुलुकहरुका संचार माध्यमहरुले पर्यटक सुरक्षित नभएको प्रचार प्रसार गर्ने गरेको पाइन्छ । यस्तो अवस्थालाई चिर्न नेपाल सरकारले नेपालमा अझसम्म पनि कुनै पर्यटकको राजनैतिक तहबाट हत्या गरिएको छैन र ुअतिथि देवो भवु भन्ने मुलुकका बासिन्दाहरुले पर्यटकहरुको सधंै सम्मान गरेकॊ कुरामा विश्वस्त पार्न पहल गर्नु पर्छ ।
उपसंहार
एक साथी घर पठाऊँ भन्ने एनआरएनको नारामा ऐक्यवद्धता ।
यासा्र गुम्बा खोज्न कर्णाली जाऊँ विकास हेर्न दुबई जाऊँ ।
ुधर्तीको अग्लो सगरमाथा हेर्न नेपाल जानू सबैभन्दा अग्लो टावर हेर्न दुबई जानू ।
प्रोजेक्टर तथा टेक्निकल सहयोग
अर्जुन दाहाल
ई-नेपाली अनलाइन डट कम
द्रष्टव्य ः दोश्रो भागमा हाल सम्मका गतिविधि नेपालका केही पर्यटकीय स्थलको झलक र यसमा असर पार्ने तत्वहरुको श्रव्यदृय सामाग्री सम्मिलित छ
Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft