FNJ UAE : : June : : 2008

FNJ UAE

June 16, 2008 1:54 pm

नेपाल पत्रकार महासंघ सर्म्पर्क शाखा यूर्एइका प्रतिनिधीहरु राजदूतसँग भेटघाट

Filed under: Uncategorized

नेपाल पत्रकार महासंघ, यूएइ सम्पर्क शाखाको एक प्रतिनिधि मण्डलले महामहिम राजदूत अर्जुनबहादुर थापासंग निजकै निवासमा भेटघाट गर्यो । नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालयबाट आफ्नों शाखाको रुपमा मान्यता पाएको कुराको दूतावासलाई औपचारिक रुपमा जानकारी दिन सो प्रतिनिधिमण्डल त्यहां पुगेको हो ।

 

सोही अवसरमा गत फेबु्रअरीमा भएको नेपालको पर्यटन प्रवर्धन र गैह्र आवासीय नेपालीको भूमिका बिषयक अन्तरक्रियामा पेश भएका बिषयबस्तु र त्यसमा संकलन गरिएका सुझाव सहित समेटिएको कार्यपत्रको प्रति पनि पेश गरिएको थियो । साथै सोको एक एक प्रति  पर्यटन मन्त्रालय र नेपाल पर्यटन प्रवर्धन बोर्डमा दूतावास मार्फत् पठाइदिन अनुरोध गर्दै हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष जाकीर हुसैनको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलका सदस्यहरुले दूतावासका गतिविधिहरु बारे जिज्ञासा राख्दै कुनै पनि देशको राजदूत त्यो देशको लागि बिजनेस एम्बेसडर पनि हुने आधुनिक मान्यता अनुसार नेपाल र नेपालीका हितमा दूतावासबाट अझ बढी श्रृजनात्मक कार्यहरु हुनेमा आशावादी रहेको बताए ।

सूचना र जानकारी प्रवाह गर्नमा पत्रकारहरुको अहं भूमिका हुने तथा महासंघ मार्फत् सही र सत्य प्रवाह गर्ने काममा अझ सहयोग हुने कुरा विश्वास लिदै आफ्नों दूतावासका काम कार्यवाही सधैं पारदर्शी रहने तथा यस सम्बन्धी सहज जानकारी लिन र दिन सकिने कुरा राजदूत थापाले बताउनुभयो । पेश भएका कार्यपत्रको आफूले अध्ययनपछि दूतावासको तर्फबाट गर्न सक्ने सहयोगको बारेमा आफू सधै सकारात्मक रहने वहांको भनाई थियो ।

स्मरण रहोस, गत २००७ को मार्च ९ मा स्थापित महासंघलाई ७ दिसेम्बर, २००७ मा केन्दि्रय महासंघ, काठमाडैंाबाट औपचारिक मान्यता प्रदान गरिएको थियो । यसले यूएइमा पत्रकारिता तालिम, पर्यटन प्रवर्धनबारे चासो जगाउने कार्य तथा अन्य विभिन्न किसिमका भेटघाट र कार्यक्रमहरुमा सक्रियता जनाउंदै आएको छ ।

सो प्रनिनिधि मण्डलका अन्य सहभागीहरुमा खेमनाथ पौडेल, जेपी सापकोटा, शंकर ज्ञवाली, मानबहादुर थापा तथा शेषनारायण झा रहेका थिए ।

प्रेस विज्ञप्ती

Filed under: Uncategorized

केही दिनअघि मात्र संविधान सभाको प्रथम बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्रको रुपमा घोषणा गरेको छ । यस घोषणालाई नेपालको इतिहासमा अति महत्वपूर्ण क्रान्तिको रुपमा लिइने कुरा निर्विवादित छ । नयाँ नेपालको कल्पना गरेका सयौं वीर शहीदहरुको रगत र लाखौं नेपालीको स्वर्णिम सपना बनेको नयाँ नेपालको परिकल्पना र संघर्षले मुलुकलाई लोकतन्त्र प्राप्त भएको हो ।
नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले नेपालमा स्थापित लोकतन्त्रलाई हार्दिक स्वागत गर्दछ । लोकतन्त्रले नयाँ नेपालको नक्सा कोर्ने कुरामा महासंघ आशावादी छ ।
अब आउने दिनमा नेपाललगायत विश्वभरि फैलिएर रहेका सम्पूर्ण नेपालीले लोकतन्त्रको सही सदुपयोग गर्न पाऊन् र नयाँ नेपालको सपना पूरा गर्न सकून् भन्ने कामना गर्दैछौं ।
जेपी सापकोटा                                                                                  जाकिर हुसैन
महासचिव                                                                                        अध्यक्ष

प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती

केही दिनअघि मात्र संविधान सभाको प्रथम बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्रको रुपमा घोषणा गरेको छ । यस घोषणालाई नेपालको इतिहासमा अति महत्वपूर्ण क्रान्तिको रुपमा लिइने कुरा निर्विवादित छ । नयाँ नेपालको कल्पना गरेका सयौं वीर शहीदहरुको रगत र लाखौं नेपालीको स्वर्णिम सपना बनेको नयाँ नेपालको परिकल्पना र संघर्षले मुलुकलाई लोकतन्त्र प्राप्त भएको हो ।
नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले नेपालमा स्थापित लोकतन्त्रलाई हार्दिक स्वागत गर्दछ । लोकतन्त्रले नयाँ नेपालको नक्सा कोर्ने कुरामा महासंघ आशावादी छ ।
अब आउने दिनमा नेपाललगायत विश्वभरि फैलिएर रहेका सम्पूर्ण नेपालीले लोकतन्त्रको सही सदुपयोग गर्न पाऊन् र नयाँ नेपालको सपना पूरा गर्न सकून् भन्ने कामना गर्दैछौं ।
जेपी सापकोटा                                                                                  जाकिर हुसैन
महासचिव                                                                                        अध्यक्ष

Filed under: Uncategorized

नेपालको पर्यटन प्रवद्र्ध्रन र गैह्र आवासीय नेपालीको भूमिका

Tourism Promotion in Nepal & Role of Non Residence Nepali
                                                   कार्यपत्र<br> 

अन्तरकि्रया कार्यक्रम ः १५ फेब्रुअरी २००८
सागर रेष्टुरेण्ट बर दुबई 
 
प्रस्तावना 
प्राकृतिक सौन्दर्य्र सांस्कृतिक विविधता र कलाकृतिले भरिपूर्ण नेपालको अनुपमतालाई विश्वका कुनै पनि मुलुकसँग दाँज्न मिल्दैन । नेपालसँग जे छ तीे सबै कुराको पूर्णता विश्वका कुनै पनि मुलुकसँग छैन । नेपाली आतिथ्यता स्वावलम्बन जाँगर साहस र मातृभूमिप्रतिको मोह अतुलनीय छ अवर्णनीय छ र अकाट्य छ ।
संबन्धित क्षेत्रमा बसेका प्रवासी नेपालीहरुमा त्यस स्थानका वस्तुस्थिति र संभाव्यताहरुका विषयमा विशेष दखल हुन्छ । त्यहाँका मानिसहरुको रहन सहन रुचि तथा खर्च गर्ने बानीका क्षेत्रहरुबारे जानकारी हुँदा उक्त ठाँउबाट गरिने पर्यटन गतिविधिहरु अति प्रभावकारी हुन्छ । साथै प्रवासीहरुमा मातृभूमिको मोह र सद्भाव पनि बढी हुन्छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंबाट सम्पर्क शाखाको रुपमा संबद्धता पाएपछि यी कार्यहरुमा चेतना बढाउनु पर्नेमा हामीले जिम्मेवारी महसुस गरेका छौं । यस संगठनको विषय यो नहुन सक्छ तर जनचेतना जगाउनु हाम्रो कर्तव्य अवस्य हो । यससंबन्धि वैचारिक प्रारुप तयार गरी सम्बन्धित निकायलाई घच्घच्याउनु यस अन्तरकि्रया कार्यक्रमको ध्येय हो । १ नेपालमा पर्यटन प्रवद्र्धनकोलागि यूएईमा अहिलेसम्म के भएको छ&

अ दूतावास स्थापनापूर्व ः
२२ जनवरी १९७७ मा नेपाल-यूएईबीच दौत्यसम्बन्ध कायम हुनुभन्दा अगाडिदेखि नै यहाँ नेपालीहरुको उपस्थिति रहेको भए पनि त्यसपछिका एक दशकसम्म सरकारी गतिविधिहरु खासै देखिएनन् । सन् १९९० मा नेपाली समाजको स्थापना भएपछि सांस्कृतिक कार्यक्रम आदिको प्रभावले नेपाल र नेपालीहरुबारे केही चर्चा चल्न शुरु भएको थियो । यूएईमा लामो समयसम्म बसेर यहीँ आफ्नो व्यावसायसमेत संचालन गरी बसेका चन्द्रप्रसाद सापकोटालाई नेपाल पर्यटन विकास बोर्डले आफ्नो अवैतनिक प्रतिनिधि एच् को रुपमा सन् २००२-२००४ को अवधिकोलागि नियुक्त गरेको थियो । उक्त अवधिमा पर्यटन बोर्डबाट प्राप्त नेपालसम्बन्धि सामग्रीहरु वितरण गरी नेपालको पर्यटन प्रवद्र्धनकोलागि केही प्रयासहरु भए । सोही क्रममा सन्् २००४ मा नेपालका तात्कालीन श्रम मन्त्री उर्वादत्त पन्त परराष्ट्र मन्त्री प्रकाशशरण महत समेतको उपस्थितिमा दुबईको एक होटलमा यहाँका रोजगारदाता कम्पनीहरुसँग अन्तरकि्रया गराउँदा नेपालको पर्यटन विकासबारे पनि चर्चा गरिएको थियो

आ नेपाली राजदूतावासको प्रयासः सन् २००४ को अपि्रल ११ मा नेपाली दूतावासको स्थापनापश्चात् नेपालबारे यहाँका मानिसहरुमा केही चासो बढ्नु स्वभाविकै थियो । तत्कालीन राजदूत मधुवनप्रसाद पौेडेलले सन् २००४ को जुलाइ ७ मा राजाको जन्मोत्सवको अवसर पारेर अबुधावीको एक होटलमा यहाँस्थित बिभिन्न देशका दूतावास तथा यूएईका केही सरकारी निकायका पदाधिकारीहरुलाई उपस्थित गराएका थिए । गोकर्णको गल्फ होटलका संचालक सुमन सचदेवले नेपालको संस्कृति र पर्यटनसम्बन्धि गतिविधि झल्काउने सामग्रीहरु अति आकर्षक तरिकाले सजाउन मद्दत गरेका थिए । सो हलमा भेला भएका आगन्तुकहरुले नेपालबारे प्रशस्त चासो राखेका थिए ।

नेपाली दूतावासकै पहलमा सन् २००७ को मार्चमा अबुधावीमा नेपाली फुड फेस्टिवल ६ जुन २००७ मा नेपाल रोजगार व्यावसायीको लगानीमा यूएईमा पहिलो श्रम तथा रोजगार मेला गराउँदै नेपालबारे प्रचार गरिएको थियो । गत ३ जुलाई २००७ मा नेपाल र यूएईबीच श्रम समझदारी-पत्रमा हस्ताक्षर भयो । यस अवसरमा यूएईको प्रतिनिधि मण्डलले काठमाडौंमा रहँदा नेपालको श्रम बजारको अतिरिक्त नेपालको भौतिक तथा पर्यटनबारे गहिरो चासो राखेको पाइयो । नेपालको पर्यटन विकासको लागि गरिएको संस्थागत थालनी भने डिसेम्बर ७-८ २००७ मा दुबईको एक होटलमा आयोजना गरिएको पहिलो नेपाल पर्यटन तथा व्यापार प्रवद्र्धन मेला नै थियो । स्थानीय तथा नेपालका समेत ३० वटा स्टल राखिएको यो प्रदर्शनीले नेपालबारे उत्सुकता जगाउन सहयोग गर्यो । यो मेलाको सवल पक्ष यहाँस्थित नेपालीहरुमा आफ्नो देशको पर्यटन प्रवद्र्धनमा उत्साह चासो र चर्चाको शुत्रपात गराउनु रह्यो । यी पछिल्ला महत्वपूर्ण शुरुवातहरुमा यूएईको दोश्रो कार्यकालका कार्यवाहक राजदूत मोहनकृष्ण श्रेष्ठको सह्रानीय भूमिका रह्यॊ ।
२ हवाई उडानको प्रभाव ः नेपालको ध्वजावाहक एयरलाइन्सको अनियमिताको फाइदा उठाउँदै अब यहाँका एयरलाइन्सहरुमा नेपालको उडान भर्ने नजािनंदो प्रतिस्पर्धा नै चलेको छ । सन् २००६ को नोभेम्बर ६ देखि एयर अरेबियाले शारजाह-काठमाडौं उडान शुरु गरेपछि झण्डै एक वर्षपछि मात्र यहाँको सरकारी एयरलाइन्स इत्तेहादले पहिलो उडान गत २००७ को अक्टोबर २८ मा भरेको थियो । त्यसपछि भने शारजाहबाटै पुनः नेपालको यती एयरलायन्सको समेत संलग्नताको फ्लाइ यतीले २००८ को पहिलो महिनामा अर्को उडान शुरु गर् यो भने फेब्रुअरी ६ देखि पुनः अबुधाबी-काठमाडौंको अर्को सीधा हवाई उडानमा यही अनुबन्धनको संलग्नता रह्यो । यसै वर्षदेखि यूएईको रासल-खेमाबाट राक एयरलाइन्सको पनि शुरुवात हुने कुरा प्रकाशमा आएको छ ।

हवाई उडानको पर्याप्तताले भ्रमणमा जानेहरुलाई आकर्षित गर्ने मात्र होइन भाडा दरमा पनि सरलता आउँछ । यसको अतिरिक्त यस्ता कम्पनीहरुले पनि आफ्नो व्यावसाय बढाउन नेपालको प्रचार प्रसार पनि गर्छन् । जस्तॊ इत्तेहाद एयरलाइन्सले आफ्नो विज्ञापनमा सगरमाथा र नेपालबारे अति आकर्षक विज्ञापनमार्फत् नेपाल भ्रमणमा जान यहाँका मानिसहरुलाई उक्साउने काम गरिरहेको छ

३ कति जान्छन् अहिले नेपाल आम्दानीको हिसाबले विकसित मुलकको हाराहारीमा रहेको यूएईबाट नेपाल भित्रिनेहरुको संख्या प्राय नगण्य छ । पर्यटन विकासकोलागि यहाँ खासै प्रयास भएको छैन । ओमार ट्राभल्समार्फत् केही पर्यटक नेपाल भित्रिएको तथा नेपालको फिस्टेल टुर एण्ड ट्राभल्सका सामान्य गतिविधिबाहेक नेपालमा पर्यटक आकर्षण गर्ने खाले नेपालको सरकारी वा निजी कुनै पनि निकाय यहाँ सकि्रय छैन । तैपनि सन् २००७ को अक्टोवर ११ देखि २५ सम्म यहाँको एक च्यारिटी संस्थाको आयोजनामा खाडीलगायत पाश्चात्य मुलुकका ५२ जना पर्यटक १२ दिन सम्मको पैदल यात्रासहित सगरमाथाको बेस क्याम्पसम्म पुगेका थिए भने नेपालस्थित दुई वटा संस्थालाई आर्थिक सहयोग पनि गरेका थिए । व्यापारिक उद्देश्यले सीमित यूएईबासीहरु काठमाडौं पुग्ने क्रम भने केही अगाडिदेखिनै छ । त्यहाँबाट सीमित मात्रामा क्युरियो पस्मिना तथा घरेलु उद्योगका सामानहरु लिन शारजाह र दुबईका केही व्यापारीहरु काठमाडौं धाउने गर्छन् । भारतीय धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकका अतिरिक्त यहाँ रहेका केही पश्चिमाहरु पनि नेपालको भ्रमणमा जाने गरेको पाइन्छ ।

 ४ केही पर्यटकीय तथ्यहरु ः नेपालबारे केही तथ्य हेरौ

-  नेपाल ः
भारत र चीनको बीचमा रहेको भूपरिवेष्ठित राष्ट्र हो ।
क्षेत्रफल ः १४७१८१ वर्ग कि।मी।
५९ वटा जनजाति र ७० भन्दा बढी भाषा बोलिन्छन् ।
नेपालको समय गि्रनवीच समयभन्दा ५ घण्टा ४५ मिनेटले अगाडि छ । यो समयलाई गौरीशंकर हिमाललाई आधार बनाएर निर्धारण गरिएको हो ।
संसारको सवभन्दा अग्लो शिखर सगरमाथा ८८४८ मीटर उचाईमा रहेकोछ भने होचो भागमा झापाको केचना कलन ७० मी। छ । 
१५ प्रतिशत हिमाली क्षेत्र ६८ प्रतिशत पहाडी क्षेत्र तथा १७ प्रतिशत तराई रहेका छन् ।
८४० प्रजातिका चराचुरुंगी एकिसंगे गैडा विश्वमा नपाइने काँडे भ्याकुर संसारको सबभन्दा अग्लो स्थानमा रहेको हुम्लाको शेर्पा बस्ती ।
हिमाली क्षेत्रमा पाइने यासा्र गुम्बा विश्वमा कतै पनि नपाइने काँडे भ्याकुर ललितपुर
प्रकृतिको मनोरम र अनुपम उपहार छहरा हिमशिखर सुर्योदयका दृश्य बाघ भालु चित्तल आदिले भरिभराऊ तथा अद्वितीय कला र संस्कृति ।
विश्व सम्पदा सूचिमा - लुम्बिनी चितवन नेशनल पार्क काठमाडौं पाटन र भक्तपुर दरवार स्क्वायर स्वयंभू बौद्धनाथ पशुपतिनाथ चाँगुनारायण ।
आ नेपाल भ्रमणका उद्देश्यहरु ः
पैदल यात्रा
पर्वतारोहण
प्राकृतिक र सांस्कृतिक अवलोकन
अन्वेषण
धार्मिक
भ्रमणयोग्य स्थलहरु ः
काठमाडौं उपत्यकाभित्र ः
क पशुपति क्षेत्र
ख स्वयंभू
ग काठमाडौं भक्तपुर र पाटन दरवार स्क्वायर
घ चाँगुनारायण
ड। बुढानिलकण्ठ
बौद्धनाथ बालाजु
काठमाडौं वरिपरिका ठाँउहरु ः
नगरकोट ३० कि।मी पूर्व सूर्योदयको दृश्य
धुलिखेल ६० कि।मी। प्ाूर्व तिब्बत जाने बाटो
मनकामना - गोरखा दरवार
दामन
काठमाडौं बाहिरका क्षेत्रहरु ः
पोखरा- काठमाडौंबाट २०० किमी पश्चिम माछापुछ्रे डेभिड फल्स फेवा ताल सारंगकोट वेगनास ताल महेन्द्र गुफा आदि ।
जनकपुर ः जानकी मन्दिर बिहार कुण्ड रत्नसागर कुण्ड आदि ।
जोमसोम र मुक्तिनाथ क्षेत्र बिचका लोमान्थाड झारकोट कागवेनी मार्फा आदि ।
पाल्पाको रानी महल जसलाई ताजमहलसँग दाँजेर हेरिन्छ
कोशी टप्पु वन्यजन्तु आरक्षण
इलाम
काचनजंघा
लाम्टाङ। हेलम्बु क्षेत्र सगरमाथा क्षेत्र अन्नपूर्ण मुस्ताङ क्षेत्र ।
राफ्टिङ्ग माउन्टन फ्लाइट बाजी जम्प भोटेकोशी माउन्टेन बाइकिङ्ग बोटिड पाराग्लाडिङ्ग हन्टिङ्ग फिसिङ्ग आदि ।
५ नेपाल प्रवेश पाउन के कस्ता प्रवाधान पूरा गर्नु पर्छ
भिसा वर्ष ः जनवरीदेखि डिसेम्बर
भिसा नचाहिने - भारतीय पर्यटक तथा १० वर्षभन्दा कम उमेरकाहरुलाई
निःशुल्क भिसा - चीन र सार्क राष्ट्रका पर्यकहरुलाई
सिङ्गल भिसा ः
३० अमेरिकी डलर ६० दिन सम्मकोलागि
मल्टीपल भिसा ः
८० अमेरिकी डलर ६० देखि १५० दिन ।
सोभन्दा बढी बस्न चाहनेलाई ५० डलर ३० दिन सम्मकोलािग
व्यापारिक भिषा ः
सम्बन्धित निकायबाट स्वीकृति लिएपछि १०० डलर एक वर्षको लागि र २५० डलर पाँच वर्षको लागि 
६ पर्यटन प्रवद्र्धनमा एन।आर।एन। को के भूमिका हुन सक्छ
सबैभन्दा पहिलो कुरा त हामी आफैं नेपालबारे पूर्ण परिचित हुनु आवश्यक छ ।
आन्तरिक पर्यटनलाई बढावा दिन बिदा मनाउन नेपाल नै जाने
भ्रमणको प्रकार सामुहिक पारिवारिक र एकल ।
नेपालबारे सामग्रीहरु संकलन र अध्ययन गर्ने
नेपालकॊ ऐतिहासिक प्राग ऐतिहासिक तथा आवधिक जानकारी राख्ने ।
आफ्नो कार्यक्षेत्रमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने खाले केही तस्विरहरु राख्ने ।
नेपाली इमानदार छन् भन्ने प्रमाणित गर्न आफैंले इमानदारिता प्रदर्शन गर्ने ।
नेपालको बारेमा नराम्रो कुरा कहिल्यै नउठाउने ।
नेपालको पर्यटन प्रवद्र्धन हुने खाले लेख रचनाहरु यहाँका स्थानीय पत्रपत्रिकाहरुमा छपाउन जोड दिने तथा यहाँस्थित नेपाली पत्र-पत्रिकामार्फत् पनि प्रसारित गर्दै थप जानकारी राख्ने ।
अरबी भाषामा पर्यटनबारे सामग्री छपाई वितरण गर्ने ।

७ नेपाली दूतावास यूएईले पुर्याउन सक्ने योगदान ः
क नेपालको पर्यटन विकासकोलागि दूतावासमा छुट्टै सेलको गठन गर्ने वा कुनै पदाधिकारी विशेषलाई सो कार्यको जिम्मा दिने ।
ख अरबी र अंग्रेजी भाषामा पुस्तिका प्रकाशन गरी वितरण गर्ने ।
ग एयरलाइन्सहरुमा पत्रिका वा पुस्तिका राखिदिन अनुरोध गर्ने ।
विशेष गरेर अरबीहरुबीच लोकपि्रय इत्तेहाद वा इमिरेट्स् एयरलाइन्सलाई प्रयोग गर्न सकिन्छ ।
घ बेला बेलामा पर्यटन प्रवद्र्धनका लागि विभिन्न फेस्टिभलको आयोजना ।
ङ विभिन्न किसिमका कल्चरल प्रोग्रामहरुको आयोजना ।
च प्रत्येक वर्ष ग्लोबल भिलेजमा हुने दुबई शिपंग फेस्टिभलमा नेपाली सहभागिता बढाउन सरकारी स्तरमा पहल । र त्यहाँ छुट्टै ुनेपाल इन्फर्मेशन डेस्कु को व्यवस्था ।
८ नेपाल पर्यटन विकास बोर्डले पुर्याउन सक्ने योगदान ः
क पर्यटन डेस्कको स्थापना गर्ने । शुरुमा सो सम्भव नभए नेपाली राजदूतावासमा यस्तो कार्य गर्ने गरी व्यवस्था मिलाउन सकिन्छ ।
ख यूएई जस्तो १०३ भन्दा बढी राष्ट्रका नागरिक बसोबास भएको मुलुकमा आफ्नो गतिविधि बढाउने ।
ग नाटा वा इसिमोड जस्ता पर्यटनसम्बन्धि निकायहरुसँग सम्ान्वय गरी यूएईमा पर्यटन गतिविधि बढाउने ।
घ यूएईमा पठाइने पर्चा तथा अन्य पर्यटन सामग्रीहरु अरबी र अंग्रेजीमा हुनु पर्ने ।
ङ यूएईका लागि टुरिज्ाम प्रतिनिधि नियुक्त गर्ने ।
च विभिन्न टूर प्याकेजहरुको व्यवस्था गरी यहाँस्थित एयरलाइन्स वा ठूला ट्राभल एजेन्सीहरुसित समन्वय गर्ने ।
९ नेपाल सरकारको भूमिका ः
क बेला बेलामा सरकारी खर्चमा टूर प्याकेज शुरु गरी यहाँका केही पत्रकार व्यावसायी तथा सरकारी प्रतिनिधिहरुलाई नेपाल भ्रमण गराउने ।
ख नेपालको पर्यटनबारे प्रचारप्रसार गर्ने ।
ग स-साना ब्रोसरहरु बनाई होटलहरुमा वितरण गर्ने । वितरणका लागि यहाँको स्थानीय एजेन्सीलाई प्रयोग गर्न सकिन्छ ।
१० नेपालको वर्तमान राजनैतिक संकटलाई आधार बनाउँदै विभिन्न मुलुकहरुका संचार माध्यमहरुले पर्यटक सुरक्षित नभएको प्रचार प्रसार गर्ने गरेको पाइन्छ । यस्तो अवस्थालाई चिर्न नेपाल सरकारले नेपालमा अझसम्म पनि कुनै पर्यटकको राजनैतिक तहबाट हत्या गरिएको छैन र ुअतिथि देवो भवु भन्ने मुलुकका बासिन्दाहरुले पर्यटकहरुको सधंै सम्मान गरेकॊ कुरामा विश्वस्त पार्न पहल गर्नु पर्छ ।
उपसंहार
एक साथी घर पठाऊँ भन्ने एनआरएनको नारामा ऐक्यवद्धता ।
यासा्र गुम्बा खोज्न कर्णाली जाऊँ विकास हेर्न दुबई जाऊँ ।
ुधर्तीको अग्लो सगरमाथा हेर्न नेपाल जानू सबैभन्दा अग्लो टावर हेर्न दुबई जानू । 
प्रोजेक्टर तथा टेक्निकल सहयोग
अर्जुन दाहाल
ई-नेपाली अनलाइन डट कम
द्रष्टव्य ः दोश्रो भागमा हाल सम्मका गतिविधि नेपालका केही पर्यटकीय स्थलको झलक र यसमा असर पार्ने तत्वहरुको श्रव्यदृय सामाग्री सम्मिलित छ 

 

June 15, 2008 1:17 pm

- नेपाली राजदूतावास यूएईलाई बुझाइएको विशेष प्रतिवेदन -

मिति ः १३ जुन २००८
महामहिम राजदूत ज्यू
नेपाली राजदूतावास
अबुधाबी यूएई
  
<img src=’/images/Publication1oi.jpg’ alt='’ />
विषय ः नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएईले सम्बन्धन पाएको औपचारिक जानकारी गराइएको बारे ।

महामहिम
नेपाल पत्रकार महासंघ काठमाडौं केन्द्रीय समितीसँग सम्बद्ध भएर काम गर्ने उद्देश्यले यूएईका पत्रकारहरुको एक भेलाले गत वर्षको मार्च ०९ तारेखमा नेपाल पत्रकार महासंघ यूएईको स्थापना भएको थियो । गत डिसेम्बर ०७ तारेखमा यस समितीले काठमाडौं केन्द्रीय कार्यालयबाट सम्पर्क शाखाको रुपमा मान्यता पनि पाइसकेको छ ।
यो शाखा यूएईमा विभिन्न पेसामा कार्य गर्दै बचेको समयलाई पत्रकारितामा प्रयोग गर्ने पत्रकारहरुको हकहितको संरक्षण र स्वस्थ्य पत्रकारिताको विकासमा जोड िदंदै नेपाली पत्रकारितालाई यूएईमा विकसित तुल्याउने उद्देश्यले स्थापना भएको हो ।
महामहिम
यूएईमा विस्तारै नेपाली पत्रकारिता फस्टाउँदै गएको कुरा विदितै छ । यूएईमा कार्यरत् सम्पूर्ण नेपालीहरुको मुल थलो राजदूतावास नै हो । यहाँ बसोवास गर्ने कुनै पनि नेपालीसम्बन्धि उल्लेखनीय सूचना यहाँबाट प्रकाशन हुने पि्रन्ट तथा अनलाइन मेडियाहरुलाई उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं । यूएईमा हामी पत्रकारहरुको समाचारको मूल श्रोत राजदूतावास नै हुने भएकोले यहाँ हुने गरेका सूचनाहरु यथासक्दो संचार माध्यमलाई उपलब्ध गराई सहयोग गर्नु हुनेछ भन्ने आशा गर्दछौं ।
पुनश्चः उक्त सूचनाहरु यस सम्पर्क शाखालाई पनि उपलब्ध गराइ दिनुहुनेछ भन्ने आशा गर्दछौं । यस शाखाको इमेल आइडी। fnjuae@gmail.com रहेको छ ।
नेपालस्थित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितीबाट मान्यता पाएकोले सोको औपचारिक जानकारी गराउन सम्पूर्ण विवरणसाथ यो पत्र प्रस्तुत गरेका छौं ।
प्रार्थी
जाकिर हुसैन
अध्यक्ष  

- नेपाली राजदूतावास यूएईलाई बुझाइएको विशेष प्रतिवेदन -
०९ मार्च २००७ मा स्थापित नेपाल पत्रकार महासंघ १० अगस्त २००७ मा पूनर्गठन भई पूर्ण कालिक कार्यको प्रारम्भ भयो । ०९ मार्चमा दामोदर नेपालको संयोजकत्वमा गठित १५ सदस्यीय तदर्थ समितीले पाँच महिनाभित्र पूनर्गठन गराई प्रजातान्त्रिक तरीकाद्वारा ३२ जना पत्रकारहरुको भेलाले जाकिर हुसैनको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्य समितीको निर्माण गराउन सफल भयो ।
१० अगस्तमा गठित कार्य समितीले एक कार्य योजना तयार पारी कार्य प्रारम्भ गरेपश्चात् हालसम्म निम्न कार्यहरु गरेको छ । 
 ०९ मार्च २००७ मा स्थापित नेपाल पत्रकार महासंघ १० अगस्त २००७ मा पूनर्गठन भई पूर्ण कालिक कार्यको प्रारम्भ भयो । ०९ मार्चमा दामोदर नेपालको संयोजकत्वमा गठित १५ सदस्यीय तदर्थ समितीले पाँच महिनाभित्र पूनर्गठन गराई प्रजातान्त्रिक तरीकाद्वारा ३२ जना पत्रकारहरुको भेलाले जाकिर हुसैनको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्य समितीको निर्माण गराउन सफल भयो ।
१० अगस्तमा गठित कार्य समितीले एक कार्य योजना तयार पारी कार्य प्रारम्भ गरेपश्चात् हालसम्म निम्न कार्यहरु गरेको छ ः

१.Press Conference Cell को स्थापना : १७ अगस्त २००७
१७ अगस्तमा बसेको कार्यसमितीको दोश्रो बैठकले महासंघले यूएईमा पत्रकार सम्मेलन गराउन चाहने व्यक्ति वा संघ संस्थालाई सेवा प्रदान गर्न ुप्रेस कन्प्रुेन्स सेलु को स्थापना गर्यो । यस सेलले पत्रकार सम्मेलन गराउन चाहने व्यक्ति वा संस्थासित सुलभ शुःल्क लिई आफ्नो जिम्मेवारीमा पत्रकार सम्मेलन गराउने काम गर्ने भनी तोकिएको छ । यस मुताबिक सेलले स्थानको व्यवस्था पत्रकारहरुलाई डाक्ने कामदेखि पत्रपत्रिकाहरुमा यथेष्ट समाचार सम्पे्रषण गराउने जिम्मेवारी बहन गर्ने प्रावधान रहेको छ ।
यसको कार्य साचालनको लागि निम्न बमोजिमको ुप्रेस कन्प्रुेन्स सेलु नाम दिइएको उपसमितीको गठन गरिएको छ ः
१.संयोजक :मानबहादुर थापा
२.उपसंयोजक: जे.पी. सापकोटा
३.सचिव :शेषनारायण झा
४.सहसचिव:खेमनाथ पौडेल

२. डा. ओम गुरुंगसँग पत्रकार भेटघाटः  १८ अगस्त २००७
आदिवासी जनजाति महासंघ यूएईको निम्तोमा यूएई आउनुभएका आदिवासी जनजाति महासंघ नेपालका भूतपूर्व महासचिव तथा वर्तमान सल्लाहकार प्रा. डा. ओम गुरुंगसँग मुलुकको समसामयिक विषयमा छलफल गर्न बर दुबईको फिसटेल रेष्टुरेन्टमा एक पत्रकार भेटघाटको आयोजना गरियो । २० जना जति पत्रकार उपस्थित रहेको उक्त भेटघाट कार्यक्रममा डा। गुरुङसँग यूएईका नेपालीहरुले भोगिरहेका समस्याहरुको बारेमा पनि छलफल भएको थियो । 
३.टेलिभिजन पत्रकार मान छिरिङसँग पत्रकार भेटघाटः २००७
इमेज च्यानल नेपालमा वैदेशिक रोजगारसम्बन्धि कार्यक्रम साचालन गर्दै आएका कार्यक्रम उत्पादक तथा पत्रकार मान छिरिङ लामा यूएईमा मजदुरसम्बन्धि डकुमेन्ट्री सुिटंग गर्न आएको बेला यूएईमा नेपालीहरुका समस्या सम्भाव्यता र उनीहरुका लागि नेपालमा गर्न सक्ने कुराहरुको बारेमा छलफल गर्न बर दुबईको फिसटेल रेष्टुरेन्टमा एक पत्रकार भेटघाटको आयोजना गरियो । उक्त कार्यक्रममा २२ जना जति पत्रकारको उपस्थित रहेको थियो ।

४.क्लीन अप द वल्र्ड कार्यक्रममा सहभागीः२३  नोभेम्बर २००७
दुबई नगरपालिका र संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रमअन्तर्गत आयोजित क्लीन अप द वल्र्ड २००७ कार्यक्रममा संसारका विभिन्न मुलुकका स्वयंसेवक सहभागीबीच नेपालीहरुको पनि उपस्थिति जनाउँदै नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएईले २३ नोभेम्बरका दिन दुबई सफाइ अभियानमा भाग लियो । एक दर्जनजति नेपाली पत्रकारहरुले उक्त कार्यक्रममा भाग िलंदै नगरपािलकाले प्रदान गरेको टिसर्ट लगाएर बरदुबईको एक स्थल विशेषको सफाइ गर्यो ।
५. शाखाको परिचयात्मक कार्यक्रम ः २३ नोभेम्बर २००७
२३ नोभेम्बर २००७ मा यूएईमा रहेका सामाजिक संघ संस्था बुद्धिजीवी र नेपाली राजदूतावासलाई नेपाल पत्रकार महासंघ प्रस्तावित सम्पर्क शाखा यूएईको गठन उद्देश्य र गतिविधिबारे जानकारी गराउन दुबईको एभरेष्ट इन्टरनेशनल होटलमा एक कार्यक्रमको आयोजना गरियो । यस कार्यक्रममा नेपाली राजदूतावासका तत्कालीन कार्यवाहक राजदूत मोहनकृष्ण श्रेष्ठलगायत यूएईस्थित सामाजिक संघ संस्थाका प्रतिनिधि र बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति रह्यो ।
६.स्व. पत्रकार वीरेन्द्र साहको परिवारको लागि राहत सुविधाः २३ नोभेम्बर २००७
शाखाले माओवादी कार्यकर्ताद्वारा मारिएका पत्रकार वीरेन्द्र साहको परिवारको लागि चन्दा संकलन गरेर नेरु ५११११;- नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंमार्फत् पठाउन सफल भयो । यस सहयोग कार्यमा शाखाका सम्पूर्ण केन्द्रीय सदस्यका अतिरिक्त समाजसेवी तथा दूतावासका कर्मचारीहरुको पनि सहयोग प्राप्त भयो । २३ नोभेम्बर २००७ मा शाखाको परिचयात्मक कार्यक्रममा यस राहत कार्यको लागि समाजसेवी तथा बुद्धिजीवीहरुसित सहयोग संकलन गर्ने कार्य भएको थियो ।
७. शाखालाई मान्यता प्राप्त ः ७ डिसेम्बर २००७
नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले स्थापना भएको ९ महिनापछि ७ डिसेम्बर २००७ मा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंबाट मान्यता प्राप्त गर्यो । शाखाले पठाएको निवेदन र पटक पटकको कार्यप्रतिवेदन र अनुगमनपश्चात् केन्द्रीय कार्य समितीको गोदावरीमा बसेको तेह्रौं बैठकले शाखालाई मान्यता प्रदान गरेको हो । यसरी नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले यूएईमा कुनै पनि निकायबाट नेपालमा मान्यता प्रदान गरिएको नेपालीहरुको पहिलो संस्था हुने सौभाग्य प्राप्त गरेको छ ।
८. पत्रकारिता तालीम (Journalism Training) २० डिसेम्बर २००७
शाखाले यस वर्षका लागि तय गरेको दुई वटा तालीम कार्यक्रममध्ये पहिलो कार्यक्रम निम्न विवरणसाथ सम्पन्न गर्यो ।
स्थानः अरब उडूपी रेष्टुरेन्ट बर-दुबई
मिितः २० डिसेम्बर २००७
अविधः ६ घण्टा
शुःल्क ः ५१ दिरहम खाना समेतको व्यवस्था
सहभागीः ३२ जना
संयोजकः शंकर ज्ञवाली
विषयहरु                                                   प्रशिक्षक        कैफियत
१.पत्रकारिताको परिचय र समाचार संकलनको सिद्धान्त  लोक सुवेदी      ………………
२. पत्रकारिताको आचार संहिता                           दामोदर नेपाल  प्रोजेक्टरद्वारा प्रशिक्षण
३. समाचार लेखन र सम्पादन                           जाकिर हुसैन   प्रोजेक्टरद्वारा प्रशिक्षण
४. समाचार लेखन र वाचन अभ्यास वर्क शपजाकिर हुसैनअधिकांश प्रशिक्षार्थी्रको प्रस्तुित
९. प्रेस कन्प्रेन्सको व्यवस्थापन ः १ जनवरी २००८
प्रेस कन्प्रुन्स सेलु ले नेपाली समाजको अनुरोधमा १ जनवरी २००८ का दिन दुबईको अरब उडूपी रेष्टुरेन्टमा एक पत्रकार सम्मेलनको व्यवस्थापन गर्न सफल भयो । नेपाली समाजले आह्वान गरेको यस कार्यक्रममा दुई दर्जनभन्दा बढी पत्रकारका साथै समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रह्यो । 
१०. अन्तरकि्रया कार्यक्रम (Interaction Programme) ः १५ फेब्रुअरी २००८
विषय ः पर्यटन प्रबद्र्धन र गैह्र आवासीय नेपालीको भूमिका
स्थानः सागर रेष्टुरेन्ट बरदुबई
मिितः १५ फेब्रुअरी २००८
समयः ४ घण्टा
संयोजकः मानबहादुर थापा&,;शेषनारायण झा
यस कार्यक्रममा ५८ जनाको सहभागिता रह्यो । नेपाली राजदूतावासको उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा प्राध्यापक राजकुमार राई विशेष अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा यूएईमा रहेका विभिन्न समाजका प्रतिनिधि बुद्धिजीवी उद्यमी महिला र पत्रकारहरुको सकि्रय सहभागिता रह्यो । महासंघका महासचिव जेपी सापकोटाले तयार पार्नुभएको कार्यपत्रमाथि कार्यक्रममा १५ जना वक्ताले आफ्नो विचार राख्नुभयो ।
उक्त कार्यक्रमको दौरानमा महासंघका संस्थापक संयोजक तथा वर्तमान सल्लाहकार दामोदर नेपाललाई दोसल्ला ओढाई सम्मान गर्दै विदाइ पनि गरियो ।
११. शाखाको प्रथम वार्षिकी (First Anniversary of FNJ, UAE) मार्च १४ २००८
महासंघ ०९ मार्चमा स्थापना भएकोले त्यस अवसर पारी गत मार्च १४ तारेख शुक्रवारका दिन यसले आफ्नो प्रथम वर्षगाँठ मनायो । महासंघको त्यस कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंका उपाध्यक्ष शिव गाउँलेको उपस्थिति रह्यो । त्यस्तै नेपाली दूतावासका महामहिम राजदूत अर्जुनबहादुर थापा त्यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभयो ।
केही कवि गजलकार र गीतकारहरुद्वारा कविता गीत र गजलसमेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा १५० जनाभन्दा बढी व्यक्तिको उपस्थिति रह्यो ।
जेपी सापकोटा                                                                                              जाकिर हुसैन
महासचिव                                                                                                     अध्यक्ष 
 






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Free counter and web stats Free Web Site Counter
Free Web Site Counter