नेपाल पत्रकार महासंघ सर्म्पर्क शाखा यूर्एइका प्रतिनिधीहरु राजदूतसँग भेटघाट
नेपाल पत्रकार महासंघ, यूएइ सम्पर्क शाखाको एक प्रतिनिधि मण्डलले महामहिम राजदूत अर्जुनबहादुर थापासंग निजकै निवासमा भेटघाट गर्यो । नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालयबाट आफ्नों शाखाको रुपमा मान्यता पाएको कुराको दूतावासलाई औपचारिक रुपमा जानकारी दिन सो प्रतिनिधिमण्डल त्यहां पुगेको हो ।
सोही अवसरमा गत फेबु्रअरीमा भएको नेपालको पर्यटन प्रवर्धन र गैह्र आवासीय नेपालीको भूमिका बिषयक अन्तरक्रियामा पेश भएका बिषयबस्तु र त्यसमा संकलन गरिएका सुझाव सहित समेटिएको कार्यपत्रको प्रति पनि पेश गरिएको थियो । साथै सोको एक एक प्रति पर्यटन मन्त्रालय र नेपाल पर्यटन प्रवर्धन बोर्डमा दूतावास मार्फत् पठाइदिन अनुरोध गर्दै हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष जाकीर हुसैनको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलका सदस्यहरुले दूतावासका गतिविधिहरु बारे जिज्ञासा राख्दै कुनै पनि देशको राजदूत त्यो देशको लागि बिजनेस एम्बेसडर पनि हुने आधुनिक मान्यता अनुसार नेपाल र नेपालीका हितमा दूतावासबाट अझ बढी श्रृजनात्मक कार्यहरु हुनेमा आशावादी रहेको बताए ।
सूचना र जानकारी प्रवाह गर्नमा पत्रकारहरुको अहं भूमिका हुने तथा महासंघ मार्फत् सही र सत्य प्रवाह गर्ने काममा अझ सहयोग हुने कुरा विश्वास लिदै आफ्नों दूतावासका काम कार्यवाही सधैं पारदर्शी रहने तथा यस सम्बन्धी सहज जानकारी लिन र दिन सकिने कुरा राजदूत थापाले बताउनुभयो । पेश भएका कार्यपत्रको आफूले अध्ययनपछि दूतावासको तर्फबाट गर्न सक्ने सहयोगको बारेमा आफू सधै सकारात्मक रहने वहांको भनाई थियो ।
स्मरण रहोस, गत २००७ को मार्च ९ मा स्थापित महासंघलाई ७ दिसेम्बर, २००७ मा केन्दि्रय महासंघ, काठमाडैंाबाट औपचारिक मान्यता प्रदान गरिएको थियो । यसले यूएइमा पत्रकारिता तालिम, पर्यटन प्रवर्धनबारे चासो जगाउने कार्य तथा अन्य विभिन्न किसिमका भेटघाट र कार्यक्रमहरुमा सक्रियता जनाउंदै आएको छ ।
सो प्रनिनिधि मण्डलका अन्य सहभागीहरुमा खेमनाथ पौडेल, जेपी सापकोटा, शंकर ज्ञवाली, मानबहादुर थापा तथा शेषनारायण झा रहेका थिए ।




