पत्रकार महासंघका उपाध्यक्षको विदाई
२५ जुलाई २००८
दुबई
नेपाल पत्रकार महासंघ संपर्क शाखा युएइले उपसभापति निर्वचन राईलाई दुबइस्थित नेपाली रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी विदाई गर्यो । कार्यक्रमका सभापति खेम पौडेलले खादा ओडाएर तथा सहकर्मीहरुले पुष्प गुच्छाले सम्मान विदाई गरेका थिए ।
झण्डै एक दशकदेखि युएइमा बसोवास गर्दै आएका श्री राईको युएइबाट प्रकाशित हुने साहित्यिक पत्रिका परदेशको संपादन तथा आकृति पत्रिकासँग संबन्धित छन् । उनले पाँच बर्षअघि आफ्नै अध्यक्षतामा खोटाङ्ग समाज नामको संगठन खोलेर युएइमा क्षेत्रिय संगठनको शुरुवात् गरेका थिए ।
कार्यक्रममा सहकर्मीहरुले उनको योगदानको चर्चा गरेका थिए । प्रत्यत्तरमा उनले युएइमा आफ्नों लामों बसाइमा यहाँका साथीहरुसँगै बसेर काम गर्दाको अनुभव सुनाउँदै पत्रकारको रुपमा विगत डेढ बर्षको सहयात्रामा साथ दिनुहुने सबैमा धन्यवाद दिदै यो बिदाई सम्मानकोलागि महासंघलाई धन्यवाद दिएका थिए ।
उनी आफ्नो कंपनीकै कामको शिलशिलामा कतार सरुवा भएर गएका हुन् ।
<strong><a href="http://fnjuae.blogsome.com/bidai/">फोटोको लागि यहाँ क्लिक गर्नुहोस् </a></strong>




