FNJ UAE :: नेपाल पत्रकार महासंघ तथा खाडीका पत्रकारहरु बीच अन्तक्रिर्या सम्पन्न : : October : : 2008

FNJ UAE

October 21, 2008 1:43 pm

नेपाल पत्रकार महासंघ तथा खाडीका पत्रकारहरु बीच अन्तक्रिर्या सम्पन्न

Filed under: Uncategorized

खाडी राष्ट्र अन्तर्गत यूएई र कतारमा सक्रिय रुपमा लागेका नेपाली पत्रकारहरुको एक प्रतिनिधि मण्डलले आइतबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसंग महासंघको कार्यालय सञ्चारग्राममा भेट गरी खाडी क्षेत्रमा रहेर नेपाली पत्रकारिता गरिरहेका पत्रकारहरुको अवस्था, समस्या तथा त्यसका समाधानका उपायहरुका बारेमा छलफल गरेको छ । विदेशी भूमिमा रहेर पनि आफ्नो काम गरेर बचेको समयलाई सदुपयोग गर्दै पत्रकारिताको क्षेत्रमा आफूलाई समर्पित गर्ने पत्रकारहरुको हक हितको लागि नेपाल पत्रकार महासंघले पनि भूमिका खेल्नु पर्दछ भन्ने मागका सथा आफ्ना अन्य विभिन्न मागहरु लिएर सो प्रतिनिधि मण्डलले नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसंग छलफल गरेको थियो । सो छलफलमा नेपाल पत्रकार महासंघका वर्तमान अध्यक्ष धर्मेन्द्र झा, उपाध्यक्ष गोविन्द आचार्य, महासचिव पोषण केसी, कोषाध्यक्ष लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने यूएईका पत्रकारहरुका तर्फबाट नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाका सल्लाहकार दामोदर नेपाल, महासचिव जेपी सापकोटा तथा कतारबाट सञ्चालित नेपाल अनलाईन डटकमका नेपाल संवाददाता ऋचा शर्मा तिवारी उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा खाडी क्षेत्रमा रहेका पत्रकारहरुले झेल्नु पर्ने समस्या, पत्रकार पास लगायतका विषयमा प्रतिनिधिहरुले आफ्ना माग राख्नु भएको थियो भने महासंघका तर्फबाट अध्यक्ष धर्मेन्द्र झाले महासंघले दुई देशबीचको सम्बन्ध र सम्बन्धित देशको कानुनी प्रक्रियाभित्र रहेर गर्न सकिने सबै खाले सहयोग गर्ने कुरा बताउनु भएको थियो । सोही अवसरमा उहांले पत्रकार कल्याण कोषमा सम्भव भएसम्म देश बाहिर रहने पत्रकारहरुले पनि सहयोग गरेमा राम्रो हुने कुरा बताउनु भएको थियो । सोही भेटघाट कार्यक्रममा पत्रकार ऋचा शर्मा तिवारीले कतारमा रहेको पत्रकार संघलाई नेपाल पत्रकार महासंघको सम्बन्धनको लागि आग्रह गर्नु भएको थियो । त्यस सम्बन्धमा अध्यक्ष झाले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण कागजातका साथ निवेदन गरिएमा महासंघले त्यस सम्बन्धमा सुनुवाई गर्ने कुरा बताउनु भएको थियो । स्मराण रहोस, नेपाल पत्रकार महासंघको सम्बन्धन पाउने विदेशमा रहेका नेपाली पत्रकारहरुको संगठनमा यूएई चौथो सम्पर्क शाखा हो । यस बाहेक देश बाहिरका जापान, दक्षिण कोरिया र हड.कड.मा रहेको पत्रकार संघले मात्र नेपाल पत्रकार महासंघको सम्बन्धन प्राप्त गरेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://fnjuae.blogsome.com/2008/10/21/p20/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Free counter and web stats Free Web Site Counter
Free Web Site Counter