FNJ UAE :: पत्रकार महासंघको सदस्यताको लागि आहृवान - : : October : : 2008

FNJ UAE

October 22, 2008 10:39 am

पत्रकार महासंघको सदस्यताको लागि आहृवान -

Filed under: Uncategorized

 शंकर ज्ञवाली - २१ अक्टोबर, दुबई ।

नेपाल पत्रकार महासंघ यूएर्इ सर्म्पर्क शाखाले यूएर्इमा रही पत्रकारिता गर्ने नेपालीहरूलाई संघको सदस्यता लिन आहृवान गरेकोछ ।यूएर्इ सर्म्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा यूएर्इका छापा तथा अनलाईन मिडिया तथा विश्वका कुनै पनि देशबाट प्रकाशित वा प्रसारित पत्रपत्रिका, अनलाइन मिडिया, समाचार एजेन्सी वा रेडियो, टेलिभिजनसँग सम्बद्ध नेपाली नागरिकले महासंघको सदस्यता लिन सक्ने जनाइएकोछ । विज्ञप्तिमा सदस्यताको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम म्याटि्रक वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने, सम्बन्धित मिडिया हाउसले पत्रकारको रूपमा काम गरेको प्रमाणपत्र दिएको हुनुपर्ने वा स्वतन्त्र पत्रकारको हकमा प्रेस काउन्सिलले जारी गरेको स्वतन्त्र पत्रकिारताको प्रमाणपत्र भएको र यूएर्इमा आवासीय भिसा लिएको हुनुपर्ने भनिएकोछ । सदस्यता आवेदनको लागि अबुधाबीमा खेमनाथ पौडेल -सर्म्पर्क नं. 0502803795), जेपी सापकोटा -सर्म्पर्क नं. ………….), दुबईमा अर्जुन दाहाल -सर्म्पर्क नं. ………………..), अलकुजमा धर्मेन्द्र यादव -सर्म्पर्क नं. …………..) र शारजाहमा शंकर ज्ञवाली -सर्म्पर्क नं. ०५०२०१३०३५) मा सर्म्पर्क गर्न सकिने जनाइएको छ । नेपाल पत्रकार महासंघ यूएर्इ सर्म्पर्क शाखा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंबाट मान्यता प्राप्त संसारकै चार विदेश सर्म्पर्क शाखामध्ये एक हो भने खाडी राष्ट्रमा हालसम्म यस शाखाले मात्र मान्यता प्राप्त गरेकोछ । यस शाखाले गत डिसेम्बरमा मान्यता प्राप्त गरेको हो ।

Comments »

The URI to TrackBack this entry is: http://fnjuae.blogsome.com/2008/10/22/p21/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Free counter and web stats Free Web Site Counter
Free Web Site Counter