FNJ UAE :: यूएर्इको पत्रकारिता बारे नेपालमा छलफल : : October : : 2008

FNJ UAE

October 22, 2008 10:41 am

यूएर्इको पत्रकारिता बारे नेपालमा छलफल

Filed under: Uncategorized

- जाकिर हुसैन -

 

नेपाल पत्रकार महासंघ यूएर्इ सर्म्पर्क शाखाले नेपालमा यूएर्इको पत्रकारिताको बारेमा नेपालका पत्रकारहरूसँग विविध विषयमा छलफल गरेकोछ । गत साता काठमाडौं प्रेस क्लबमा नेपालका पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा महासंघ यूएर्इ सर्म्पर्क शाखाका प्रतिनिधिहरूले यूएर्इमा रहेका आम नेपालीहरूको अवस्था, यहाँ रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेका पत्रकारहरूको अवस्था, त्यसको आधार र नेपाल सरकारले चाल्नुपर्ने कदमका विषयमा कुरा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ यूएर्इ सर्म्पर्क शाखाका कोषाध्यक्ष अर्जुन दाहालले दिनुभएको जानकारी अनुसार कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले यूएर्इ देशबीच आँच नआउनेसम्मनका कार्यहरू गर्दा सर्म्पर्क शाखालाई महासंघले जस्तोसुकै सहयोग गर्न पछि नहट्ने बताउनुभयो । उहाँले गैह्र कानूनी ढंगले कुनै पनि व्यक्ति महासंघ सर्म्पर्क शाखाको सदस्यमा रहन नहुने कुरामा जोड दिनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा महासंघ यूएर्इ सर्म्पर्क शाखाका महासचिव जेपी सापकोटा, कोषाध्यक्ष अर्जुन दाहाल तथा सल्लाहकार दामोदर नेपालको सहभागिता रहेको थियो । उहाँहरूले पत्रकारहरूद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका सल्लाहकार शिव गाउँलेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो ।

Comments »

The URI to TrackBack this entry is: http://fnjuae.blogsome.com/2008/10/22/p22/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Free counter and web stats Free Web Site Counter
Free Web Site Counter