FNJ UAE :: खाडीका पत्रकारहरू महासंघको कार्यालयमा : : October : : 2008

FNJ UAE

October 22, 2008 10:42 am

खाडीका पत्रकारहरू महासंघको कार्यालयमा

Filed under: Uncategorized

- जाकिर हुसैन -

 

 

गत आइतबार यूएर्इ र कतारमा रहेका पत्रकारहरूले नेपाल पत्रकार महासंघ केन्द्रीयमा गई अध्यक्ष धर्मेन्द्र झासमक्ष विदेशमा रहेर पत्रकारिता गर्दा भोग्नुपर्ने समस्याहरूबारे अवगत गराउँदै आफ्नो पेसागत हकहितबारे माग राखेकाछन् ।

यूएर्इ र कतारका पत्रकार प्रतिनिधिहरूले महासंघको केन्द्रीय कार्यालयमा पुगी महासंघका पदाधिकारीहरूसँग भेट गरी आफ्ना मागहरू राखेका हुन् । उक्त समूहमा नेपाल पत्रकार महासंघ यूएर्इ सर्म्पर्क शाखाका महासचिव जेपी सापकोटा, सल्लाहकार दामोदर नेपाल र कतारबाट सञ्चालित नयाँ नेपाल अनलाइनका संवाददाता ऋचाशर्मा तिवारी रहेका थिए ।

खाडीस्थित यी दुइ देशका पत्रकारहरूले खास गरी कतारका सक्रिय रहेको नेपाली पत्रकारहरूको संस्था नेपाल पत्रकार संघलाई महासंघको सम्बद्धता दिनुपर्ने कुरामा जोडदिएका थिए । त्यस्तै उनीहरूले खाडी क्षेत्रमा पत्रकारहरूले भोगिरहेका समस्याहरूबारे महासंघले चासो लिनुपर्ने र उनीहरूलाई महासंघले प्रेसपास दिनुपर्नेबारे माग राखेका थिए ।

खाडीका पत्रकार र महासंघका पदाधिकारीहरूबीचको भेटवार्तामा महासंघका अध्यक्ष धर्मेन्द्र झा, उपाध्यक्ष गोबिन्द आचार्य, महासचिव पोषण केसीको उपिस्थिति रहेकोथियो ।भेटवार्तामा महासंघका अध्यक्ष धर्मेन्द्र झाले दर्ुइ देशबीचको सम्बन्ध र सम्बन्धित देशको कानूनी प्रक्रियाभित्र रहेर गर्न सकिने सवै खाले सहयोग गर्ने बताउनुभयो । उहाँले पत्रकार कल्याण कोषमा सम्भव भए देशबाहिर रहने पत्रकारहरूले पनि सहयोग गरे राम्रो हुने बताउनुभयो । कतारस्थित पत्रकार संघले आवश्यक प्रक्रिया पूरा गरी पूण्ा कागजातसाथ निवेदन गरेमा सम्बन्धनको सम्बन्धमा सुनुवाइ हुने बताउनुभयो ।

Comments »

The URI to TrackBack this entry is: http://fnjuae.blogsome.com/2008/10/22/p23/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Free counter and web stats Free Web Site Counter
Free Web Site Counter